

डा. अजय कुमार शाह, कार्यलय प्रमुख
9852030239

बडेलाल यादव, सूचना अधिकारी
9844292319
परिचय
२०७२ सालमा जारी गरिएको नेपालको संविधानमा देशमा संघीयता लागूगरी सो को कायार्न्वयन गर्ने उदेश्य अनुरुप संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको राजनीतिक तथा प्रशासनिक ईकाइहरु रहने व्यवस्था अनुसार २०७४ सालमा तिनैतहको निर्वाचन सम्पन्न भई संघीयता कायार्न्वयनको चरणमा पुनः पशुपन्छी बिकास मन्त्रालय र कृषि बिकास मन्त्रालय एकिकृत भई कृषि तथा पशुपन्छी बिकास मन्त्रालय नामाकरण भई अगाडि वढिरहेको छ । पछिल्लो चरणमा देशलाई एक संघ, सात प्रदेश तथा ७५३ स्थानीय -महानगरपालिका, उप–महानगरपालिका, गाउँपालिका र ७७ जिल्ला समन्वय समितिहरु तहमा विभाजनगरी सवैलाई संविधानले प्रदत गरेको आर्थिक, प्रशासनीक तथा राजनीतिक अधिकारको उच्चतम प्रयोग गर्ने अवसर प्राप्त भएको छ । यहि क्रममा कोशी प्रदेश, विराटनगर, प्रदेश सदरमुकाममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको माघ २९, २०७४ मा औपचारिक रुपमा स्थापना भएको छ । नेपालको संविधान, संघीय कानून तथा प्रदेश कानूनको अधिनमा रहि भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेश, मातहतमा मिति २०७५ साल असोज १८ गते पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको स्थापना भएको हो। निर्देशनालय अन्तर्तरगत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङ्ग रहेको छ । २०७५ असोज महिनाको २७ गते भेटेररिरी अ्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङ्ग को स्थापना भई हाल कृयाशील रहेको छ ।
सूचना
-
अनुदान सम्बन्धी कार्यक्रमको प्रस्ताव आव्हान सूचना दर्शन दैनिक पत्रिका २०८०/०८/१३ गते
November 29, 2023
-
घाँसको वीउ/वेर्ना/सेट्स को प्रस्ताव आव्हान सम्बन्धी सूचना
November 10, 2023
-
भैसी ब्लक कार्यक्रमको प्रस्ताव आव्हान सम्बन्धी सूचना
September 29, 2023
-
हिउँदे/वर्षे/वहुवर्षिय घाँसको वीउ/वेर्ना/सेट्स वितरण सम्बन्धी प्रस्ताव आव्हानको सूचना
September 25, 2023
पशु चिकित्सा तथा प्रयोगशाला शाखा
- पशुपन्छी रोग अन्वेषण तथा निदान गर्ने।
- विशिष्टिकृत पशुपन्छी तथा मत्स्यका लागि औषधोपचार सेवा संचालन गर्ने।
- पशुपन्छीलाई शल्यचिकित्सा सेवा उपलब्ध गराउने।
पशु विकास तथा प्रविधि प्रसार शाखा
- तरल नाइट्रोजन र जमेको विर्य भण्डारण र वितरण एंव सामुदायिक पशु प्रजनन सेवा संचालन।
- कार्यक्षेत्र मातहतमा केन्द्रको समन्वय/पशु प्रजनन सँग सम्बन्धित समस्याहरुको निराकरण गर्न बिशेष कार्यक्रमहरु संचालन गर्ने।
- स्थानिय तहको कार्य सम्पादनस्तरमा रहेको कमी परिपुर्ती गर्न आवश्यक सहयोग गर्ने।
मत्स्य विकास शाखा
- कार्य क्षेत्रका स्थानिय तहहरुलाई मत्स्य व्यवसाय प्रवर्धद्वनमा प्राविधिक सहयोग गर्ने।
- कार्यक्षेत्र भित्र मत्स्य पालनमा देखिएका समस्या समाधानमा समन्वय गर्ने।
- कार्यक्षेत्रको मत्स्य सम्बन्धी तथ्यांक अध्यावधिक गर्ने।
प्रशासन शाखा
- कर्मचारी प्रशासन सम्बन्धी कार्य गर्ने।
- लगायत अन्य सम्पूर्ण प्रशासनिक कार्यहरु संचालन गर्ने।
- कार्यालयको लेखा तथा श्रेस्ता व्यवस्थापन सम्बन्धी कार्य गर्ने।