प्रदेश सरकार

उद्योग,कृषि तथा सहकारी मन्त्रालय

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, मोरङ्ग

कोशी प्रदेश, विराटनगर, नेपाल

कार्यविवरण

प्रादेशिक लक्ष एंव कार्यनिति बमोजिम पशुपन्छी तथा मत्स्य बिकासको लागि उच्चतम प्रविधि ज्ञान र सिपको समुचित उपयोग गर्दै उत्पादन तथा उत्पादकत्व अभिवृद्वि ,विविधिकरण, बजारिकरण र व्यवसायिकरणको माध्यमबाट गरिबि न्यूनिकरण, स्वरोजगार श्रृजना तथा आर्थिक सम्मृद्वि हासिल गर्ने मुल ध्येयका साथ निम्न कार्यहरु तपशिलका ४ वटा शाखाबाट संचालन गर्ने /गराउने ।

  • पशुपन्छी रोग अन्वेषण तथा निदान गर्ने।
  • विशिष्टिकृत पशुपन्छी तथा मत्स्यका लागि औषधोपचार सेवा संचालन गर्ने।
  • पशुपन्छीलाई शल्यचिकित्सा सेवा उपलब्ध गराउने।
  • पशुपन्छीको परिक्षण तथा रोगनिदानको लागि आधुनिक प्रविधिको सेवा उपलब्ध गराउने।
  • पशुपन्छी रोग सर्भिलेन्स गर्ने।
  • पशुपन्छी तथा माछाका लागि प्रयोगशाला सेवा संचालन गर्ने।
  • उच्च प्रविधियुक्त रेडियोलोजिकल सेवा उपलब्ध गराउने। अल्ट्रासोनोग्राफी, एक्स रे लगायतका सेवा उपलब्ध गराउने।
  • आवश्यकता अनुसार कार्य क्षेत्र भित्र विशिष्टकृत सेवा सहित विशेषज्ञबाट घुम्ती स्वास्थ्य शिविर, बाँझोपन निवारण शिविर संचालन गर्ने।
  • दुध, रगत, गोवर, पिसाव र छालाको नमुना परिक्षण गर्ने।
  • दुध, रगत, गोवर, पिसाव र छालाको कल्चर सेवा संचालन गर्ने।
  • एन्टिवायोटिक सेन्सिटिभिटी परिक्षण सेवा संचालन गर्ने।
  • ईपिडेमियोलोजिकल सर्भिलेन्स तथा रिपोर्टिङ्ग समन्वय गर्ने।
  • कार्यक्षेत्र भित्र शल्य चिकित्सा सेवा तथा रेबिज रोग नियन्त्रणका लागि घरपालुवा तथा सामुदायिक कुकुर नियन्त्रण तथा बन्ध्याकरण सेवा संचालन गर्ने।
  • कार्यक्षेत्रमा खोपको माग तथा आपुर्ति व्यवस्थापन गर्ने।
  • उत्पादित पशुपन्छी, माछा पशुपन्छीजन्य उत्पादनको स्वच्छता तथा स्वस्थता निर्धारण गर्दै भेटेरीनरी स्वास्थ्य प्रमाणपत्र जारी गर्ने।
  • कार्यक्षेत्र भित्र पशु स्वास्थ्य नियमन सेवा संचालन सहजीकरण गर्ने।
  • कार्यक्षेत्र भित्र पशुपन्छीजन्य महामारी एंव प्रकोप व्यवस्थापन गर्ने।
  • कार्यक्षेत्र भित्र पशु स्वास्थ्य नियमन कार्यान्वयन गर्ने।
  • कार्यक्षेत्रमा जुनोटिक रोगहरुको रोकथाम गर्ने।
  • कार्यक्षेत्रमा घुम्ती भेटेरीनरी सेवा प्रवाह गर्ने।
  • आधुनिक पशुउपचार सम्बन्धी प्रविधि हस्तान्तरण तथा विस्तार गर्ने।
  • कार्यक्षेत्रमा पशु स्वास्थ्य सम्बन्धी जनचेतनामुलक कार्य संचालन गर्ने।
  • कार्यक्षेत्र भित्र कार्यक्रमको अनुगमन गर्ने, पृष्ठपोषण गर्ने। दुध,फुल,मासुको पसल एंव वधस्थल अनुगमन व्यवस्थापन गर्ने।
  • एक स्वास्थ्यको अवधारणा कार्यान्वयन गर्न कार्यक्षेत्र भित्रका स्वास्थ्य संस्थाहरुसँग समन्वय गर्ने।
  • प्रचलित कानून बमोजिम अन्य कार्य गर्ने।
  • तरल नाइट्रोजन र जमेको विर्य भण्डारण र वितरण एंव सामुदायिक पशु प्रजनन सेवा संचालन।
  • कार्यक्षेत्र मातहतमा केन्द्रको समन्वय/पशु प्रजनन सँग सम्बन्धित समस्याहरुको निराकरण गर्न बिशेष कार्यक्रमहरु संचालन गर्ने।
  • स्थानिय तहको कार्य सम्पादनस्तरमा रहेको कमी परिपुर्ती गर्न आवश्यक सहयोग गर्ने।
  • कार्यक्षेत्रमा देखा परेका चुनौतिहरुलाई सम्बोधन गर्न अध्ययन, परिक्षण, अनुसन्धान सेवा प्रवाह गर्ने।
  • कार्यक्षेत्र भित्र आवश्यक घाँसको वीउ, सेटस, आदिको माग संकलन तथा आपूर्ति व्यवस्थापन सहजीकरण गर्ने।
  • पशुपन्छी, पशुपन्छीजन्य पदार्थ र पशु उत्पादन सामग्री सम्बन्धी तथ्यांक व्यवस्थापन गर्ने।
  • पशुपन्छी प्रचार, कृषक तालिम तथा क्षमता विकास र सशक्तिकरण गर्ने।
  • कृषि र पशुपन्छी बीमा सम्बन्धी योजना कार्यान्वयन गर्ने।
  • पशुपन्छी निजी फार्म तथा स्रोत केन्द्रहरुको विकास र व्यवस्थापन गर्ने।
  • असल पशुपालन अभ्यास प्रवर्द्वन तथा ,प्रविधि विस्तार, यान्त्रिकरण व्यवस्थापन गर्ने।
  • क्षमता अभिवृद्वि, सामाजिक परिचालन, जनचेतना अभिवृद्वि तथा संस्थागत सुधार गर्ने।
  • उन तथा पश्मिनाको प्रवर्धन गर्ने।
  • प्रविधि प्रसारको लागी पशु सेवा सूचना केन्द्र तथा अभिलेखालय संचालन, तालिम सामाग्री निर्माण गर्ने।
  • दुध,फुल,मासुमा आत्मनिर्भर हुन आफ्नो क्षेत्रभित्र कार्ययोजना तयार गर्ने एंव अभियान कार्यक्रम कार्यान्वयन गर्ने।
  • पशुपन्छी तथा माछा बीमा तथा सहुलियत ब्याज दरको कृषि कर्जा प्रवाहमा समन्वय र सहजिकरण गर्ने
  • कार्य क्षेत्रका स्थानिय तहहरुलाई मत्स्य व्यवसाय प्रवर्धद्वनमा प्राविधिक सहयोग गर्ने।
  • कार्यक्षेत्र भित्र मत्स्य पालनमा देखिएका समस्या समाधानमा समन्वय गर्ने।
  • कार्यक्षेत्रको मत्स्य सम्बन्धी तथ्यांक अध्यावधिक गर्ने।
  • कार्यक्षेत्रमा देखा परेका मत्स्य पालनसंग सम्बन्धीत चुनौतिहरुलाई सम्बोधन गर्न अध्ययन, परिक्षण, अनुसन्धान प्रवाह गर्ने।
  • मत्स्य गुणस्तरीय उत्पादन सामाग्री व्यवस्थापन र नियमन कार्यमा सहयोग गर्ने
  • कर्मचारी प्रशासन सम्बन्धी कार्य गर्ने।
  • लगायत अन्य सम्पूर्ण प्रशासनिक कार्यहरु संचालन गर्ने।
  • कार्यालयको लेखा तथा श्रेस्ता व्यवस्थापन सम्बन्धी कार्य गर्ने।
  • जिन्सी तथा स्टोर व्यवस्थापन गर्ने।
  • जनशक्ति व्यवस्थापन गर्ने